पृथ्वीनाराण शाहलाई भुल्ने र भुलाउनेहरू नेपालीको नाममा कलङ्क हुन। - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पृथ्वीनाराण शाहलाई भुल्ने र भुलाउनेहरू नेपालीको नाममा कलङ्क हुन।



कर्ण अधिकारी,नुवाकोट।

आधुनिक नेपालका निर्माता राष्ट्र पिता श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहको २९६ औं जन्म जयन्ति नजिकै आउँदा उहाँलाई स्मरण गर्दै केही लेख्ने जमर्को गरेको छु।यो मेरो लेखले कसै कसैलाई लाग्दो हो यो त राजाबादी भएछ।लेखाई लेख्दैमा राजाबादी हुने चाँहि पक्कै होईन् तर म राजाबादी नभए पनि पृथ्वीको योगदानलाई कदाचित भुल्दिन र भुल्ने पनि छैन।आजको बिश्व मान चित्रमा नेपाल र नेपाली भन्ने पहिचान दिनु हुने पृथ्वी प्रति सधै भरी नतमस्तक भई यो मेरो शिर निहुरीरहने छ।बर्तमान अबस्थामा बडामहाराजा धिराज पृथ्वीलाई नसम्झि बस्नै सकिन किनकी उहाँले एकिकरण गर्नु भएको नेपाललाई आज चिरा चिरा पारेर प्रदेशमा बिभाजित गर्दै संघीयता लागु गरे पश्चात नेताहरूले दिने अभिब्यक्तिका कारण लेख्न बाध्य भए।

नेपालका गणतन्त्र बादी हुँ भन्न रूचाउनेहरूले खासै भन्नु पर्दा पृथ्वीलाई सम्झन पनि चाहदैन किनकी आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र लागु भएको छ र पृथ्वी नारायण शाहको जन्म दिनका दिन दिदै आएको सार्बजनिक बिदा पनि कटौती गरीएको छ।२४० बर्ष नेपालमा राज गरेको राजतन्त्रलाई पूर्ण रूपमा निमिट्यान्न पारीएको छ।राजतन्त्र निमिट्यान्न पारे पनि नेपाल र नेपाली भनेर पहिचान दिने बडामहाराजा धिराजलाई भुल्ने र भुलाउनेहरू नेपालीको नाममा कलङ्क हुन्।कुन मुखले गौरवका साथ नेपाली भन्न सकेका हुन जसलाई पृथ्वीको नाममा एक सेकेण्ड सम्झिन पनि कठिन हुन्छ भने।हुन त मैले यसरी भन्नु राम्रो त पक्कै होईन तर पनि म बिबश भए।बिश्व सामु कसैको पनि उपनिवेश नबनेको सायद नेपाल मात्र होला।त्यही हाम्रो छिमेकी राष्ट्र भारत माथि ब्रिटिशले राज गरेको हामीले प्रष्ट रूपमा ईतिहास पढ्दै आएका छौ तर यति सानो देश माथि बिदेशीले धावा बोलेता पनि ति धावालाई कहिले पनि पुरा हुन दिएनन्।

केही दुई चार जना मति भ्रष्ट भएकाहरूले पृथ्वी नारायण शाहलाई नराम्रो भनेता पनि समग्रमा पृथ्वीले दिएको योगदानलाई सारा नेपालीले स्मरण गरी रहने छन्।बाईसे चौबिसे राज्यहरूलाई एकिकरण गरेर ग्रेटर नेपाल बनाएका पृथ्वीबाट लडाईको दौडानमा केही त्रुटी र कम्जोरी भए होलान त्यसैलाई नराम्रो भन्दै कुर्लिनेहरू माथि दया जागेर आउँछ।आङ्काजी शेर्पा जस्ता ब्यक्तिको नजरले पृथ्वीलाई नराम्रो सोच्नु दुर्भाग्य हो।लडाई काटिने मारीने स्वभाबिकै हो।को काटिए को माथि थिचो मिचो भयो भन्ने तिर नजाउ।समग्रमा एक दिन पौष २७ गते चाँहे तपाई नेपालमा हुनु होस वा बिदेशमा पृथ्वी नारायण शाहको जन्म दिवस मनाउन चाँहि नभुलौ।