प्रिन्सिपलको मुक्काले ६ विद्यार्थी घाइते ,एक जना अर्धचेत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रिन्सिपलको मुक्काले ६ विद्यार्थी घाइते ,एक जना अर्धचेत



काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापकको कुटाइबाट ६ विद्यार्थी घाइते भएका छन् । पिटिएको मध्ये एक अर्धचेत र अन्य सामान्य घाइते भएका छन् ।

बरथवा नगरपालिका–१ हजरियाको सहनी टोलस्थित वाग्मती सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापक महेन्द्र रायको कुटाइबाट कक्षा ३ मा अध्ययनरत सञ्जीव सहनी गम्भीर घाइते भएका हुन् ।

सञ्जीवको बरहथवा बजारस्थित भेनस अस्पतालमा उपचार भइरहेको छ । बिहान लाइनमा बस्दा भनेअनुसार नगरको भन्दै हेडसरले पहिला लठ्ठीले पिट्नुभयो र लठ्ठी भाँच्चिएपछि मुक्का हान्नुभयो’,घाइते सञ्जीवले भने, त्यसपछि म लडें, केही थापा भएन, अस्पतालमा आएपछि मात्र होस खुल्यो ।’, समाचार कान्तिपुर दैनिकले छापेका छ ।