जहाँ प्रेम हुँदैन त्यो संसार अधुरो छ:नव गायिका ढुङ्गाना - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जहाँ प्रेम हुँदैन त्यो संसार अधुरो छ:नव गायिका ढुङ्गाना



समीर प्रकाश पाण्डे

नेपाली लोकदोहोरीको क्षेत्रमा पछिल्लो समयमा थुप्रै नयाँ अनुहारहरू देखिन थालेका छन् । कोही यो क्षेत्रमा सोख पूरा गर्न आउछन त कोही यसै क्षेत्रमा नाम दाम कमाउन प्रवेश गरेका हुन्छन्।

नेपाली साङ्गीतिक क्षेत्रमा केही गर्ने लक्ष्य अठोट बोकेर २०५६ सालमा नुवाकोट जिल्लाको तारुका ( हालको घर चितवन) मा बुवा विष्णु ढुङ्गाना र आमा राधिका पौडेल (ढुङ्गाना) को कोख बाट जन्मिएकी गायिका प्रीति ढुङ्गाना विगत केही वर्ष देखि साङ्गीतिक क्षेत्रमा रमाउने रहर बोकेर राजधानी काठमाडौँ प्रवेश गरेर सङ्घर्ष गरी रहेकी छिन ।

सुरुवाती दिनहरूमा काठमाडौँमा केही सङ्घर्ष भएता पनि आज भोलि स्टेज प्रोग्राम, विविध सांस्कृतिक कार्यक्रमले गर्दा केही सहज भएको गायिका ढुङ्गाना बताउँछिन् । नयाँ कलाकारलाई अग्रज कलाकारले के गरी दिए यस क्षेत्रमा काम गर्न सजिलो हुन्थ्यो भने हाम्रो प्रश्नमा गायिका ढुङ्गाना भन्छिन् ‘ नयाँ कलाकारहरूको लागि यो क्षेत्र निकै कठिन छ अग्रज कलाकारहरूले आफूले जानेको कुरा रू सल्लाह सुझाव दिने कला भएका हरूलाई सानो बाटो देखाइदिने र घमण्ड नगरी गीत सङ्गीतको बारेमा आफू सँग भएको ज्ञान बाँडिदिए नयाँ आउनेलाई सजिलो हुन्थ्यो जस्तो लाग्छ ‘।

गायिका ढुङ्गानाले अाहिले सम्म आफ्नो नाममा गीत बजारमा ल्याएकी छैनन् तर पनि उनी स्टेज कार्यक्रममा व्यस्त देखिन्छिन् । उनी भन्छिन्, गीत सङ्गीतको बारेमा मैले धेरै कुरा सिक्न बाकस नै छ र सिक्दै पनि छु एल्बमको तयारी पनि हुँदै छ । अब यो क्षेत्रमा प्रवेश गरी सके त्यसैले सफलता मिलोस् नमिलोस गाउन चैँ छोड्दिन ।

गायिका ढ्ङगानालाई प्रेम र सेक्सलाई कसरी लिनु हुन्छ भनेर अन्तिम प्रश्न सोधेका थियौ उनी भन्छिन् , सेक्स भनेको प्रकृतिले दिएको चिज हो । सेक्स भन्ने बित्तिकै हाम्रो समाजमा नराम्रो तरिकाले हेर्ने गरिन्छ तर सेक्स बिना न त म हुने थिए न त हजुर यो लुकाउनु पर्ने कुरै छैन । यो सृष्टि नै हुने थिएन सास फेर्ने हरेक चिजलाई सेक्सको अति जरुरत छ र यो लागू हुन्छ यसलाई  अनौठो मान्नु हुँदैन । कुरो प्रेमको आयो संसार  नै प्रेममा अडिएको छ जहाँ प्रेम हुँदैन त्यो संसार  अधुरो छ ,प्रेम भनेको यस्तो शब्द हो म बयान गर्न सक्दिन प्रेमले नै संसार सपार्छ र प्रेमले नै संसार खरानी बनाउँछ । प्रेम जो कोही सङ पनि बस्छ जति बेला पनि बस्छ ।जस्तो सँग पनि बस्छ जुन अवस्थामा पनि बस्छ प्रेम गर्नु प्राकृतिक नियम हो यस्लाइ सही तरिकाले उपयोग गर्नु पर्छ ।

आगामी यात्रा सफल बनोस् हिमाल पोस्टको तर्फबाट गायिका प्रीति ढुङ्गानालाई शुभकामना ।