प्रेस चौतारी नेपालको स्थापना दिवसमा अर्घाखाँची शाखाद्वारा प्रभातफेरी तथा फलफुल बितरण ।
कमल बिस्ट
प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा अर्घाखाँची शाखाले प्रभातफेरी तथा जिल्ला अस्पताल अर्घाखाँचीमा भर्ना भएका बिरामिहरु लाई फलफूल वितरण गरि मनाएको छ ।
जिल्लामा क्रीयाशिल करिब २ दर्जन पत्रकारहरु सन्धिखर्क शान्ती बगैँचा चोकमा भेला भइ निकालिएको प्रभातफेरी जिल्ला अस्पतालमा पुगि त्यहा भर्ना भएका बिरामीहरु लाई फलफुल बितरण गरि कोण सभामा पणिरत भएको थियो ।
कोण सभामा मन्तब्य राख्दै प्रमुख अतिथि नेकपा एमाले जिल्ला उप-सचिब तथा प्रेस चौतारी पुर्व जिल्ला अध्यक्ष पप्रेमनारायण गैरेले पत्रकार दुखी गरिब र अन्यायमा परेका हरुको सहारा बन्ने गरेकोमा प्रगतिशील पत्रकारिता मुलुकको आवश्यकता रहेको भन्दै प्रेस चौतारीले मुलुकको विभिन्न लोकतान्त्रिक आन्दोलनमा अतुलनीय भुमिका खेलेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बिशिस्ट अतिथी जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. जगन्नाथ तिवारी, पत्रकार महासंघ जिल्ला उपाध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तयब्य राख्नु भएको थियो ।
कार्यक्रम प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष हिमबहादुर जिसि ” लेकाली ” को अध्यक्षता र सचिब अर्जुन भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।