भारतका राष्ट्रपतिले भने: विश्वमा नेपाल र भारतको जस्तो प्रगाढ मित्रता छैन - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

भारतका राष्ट्रपतिले भने: विश्वमा नेपाल र भारतको जस्तो प्रगाढ मित्रता छैन



काठमाडौं : भारतका राष्ट्रपति रामनाथ गोविन्दले नेपाल र भारतको जस्तो प्रगाढ मित्रता विश्वमा नभएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान राजधानी दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटमा कोविन्दले दुई देशकोजस्तो मित्रता कुनै पनि विश्वका कुनै पनि मुलुकबीच नरहेको बताएका हुन् ।

‘नेपाल र भारतको जस्तो प्रगाढ मित्रताको सम्बन्ध र सहकार्य विश्वका कुनै पनि देशबीच छैन’, राष्ट्रपति कार्यालयले ट्‍विट गरेको छ, ‘नियमित रुपमा भइरहने उच्चस्तरीय राजनीतिक भ्रमणले हामीबीच रहेको विशेष मित्रता र यसको प्रथामिकतालाई प्रष्ट पार्छ।’  

राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमै बस्ने व्यवस्था मिलाइएको छ। बिहान प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै नेपाल भारत सम्बन्धका लागि ओलीले गरेको योगदानको प्रसंसा गरे।

‘नेपालमा स्थायित्व र आर्थिक समृद्धि होस् भन्नेमा भारतको सधैँ चासो रहन्छ’, राष्ट्रपतिले भने, ‘भारत नेपालको प्राथमिकता अनुसार नेपालसँग सहकार्य अभिवृद्धि गर्न तयार छ।’