सञ्जेलविरुद्ध भ्रष्टाचार मुद्दा : सञ्जेल भन्छन, भ्रष्टाचारी ठहर भए झुण्ड्याएर मार्नु - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

सञ्जेलविरुद्ध भ्रष्टाचार मुद्दा : सञ्जेल भन्छन, भ्रष्टाचारी ठहर भए झुण्ड्याएर मार्नु



विराटनगर : भ्रष्टाचारविरोधी छवि बनाएका प्रशासक तथा श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले शुक्रबार आफूविरुद्ध परेको भ्रष्टाचारको मुद्दामा अख्तियारमा बयान दिने भएका छन्।

मोरङ विराटनगरमा रहेको क्षेत्रीय निर्वाचन कार्यालयको प्रमुख हुँदा २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गतेसम्म हाजिरी नै नगरी तलब भत्ता बुझेको भन्दै संजेलविरुद्ध मुद्दा परेको थियो। उक्त मुद्दामा आफू छाती ठूलो बनाएर अख्तियारमा बयान दिन शुक्रबार जाँदै छु,’ संजेलले भने, ‘मैले सर्वोच्च अदालतको आदेशअनुसार सो अवधिको तलबभत्ता बुझेको हुँ।’ आफू भ्रष्टाचारी भएको ठहर भए टुँडिखेलमा झुण्ड्याएर मार्नु भन्दै संजेलले कोही कसैले मुद्दा हाल्दैमा आफूलाई कुनै फरक नपर्ने बताए।

आफूले बुझेको तलब भत्ताको विषयमा आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणमा पनि अदालतको आदेशअनुसार भएको विषय प्रमाणित भएको उनको दाबी छ। निर्वाचन आयोगको कार्यालयबाट नियमविपरीत सरुवा भएपछि सर्वोच्चले पुनर्वहाली गर्दासम्मको समयावधि संजेल कार्यालयमा हाजिर भएका थिएनन्। ‘मलाई मुद्दा चलिरहेको बखत् कार्यालयमा हाजिर गर्न दिइएन, काम गर्ने टेबल दिइएन, कार्यालयको नेमप्लेट हटाइयो,’ संजेलले भने, ‘अदालतले मेरो पक्षमा फैसला गरेपछि तलबभत्ता तथा सुविधा लिन पाइने निजामती ऐनले पर्याप्त ठाउँ दिएको छ।’