केपी ओलीको मृगौला प्रत्यारोपण गरेका डाक्टरलाई कार्यकारी निर्देशकबाट हटाइयो - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

केपी ओलीको मृगौला प्रत्यारोपण गरेका डाक्टरलाई कार्यकारी निर्देशकबाट हटाइयो



काठमाडौं- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीलाई सरकारले हटाएको छ ।

ज्ञवालीलाई कार्यकारी निर्देशकबाट हटाएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमै फिर्ता गर्ने निर्णय सरकारले गरेको हो ।

मन्त्रिपरिषद्ले भदौ २५ गते ज्ञवालीलाई त्रिवि शिक्षण अस्पताल फिर्ता गर्ने निर्णय भएपनि सार्वजनिक हुन ढिला भएको बताइएको छ ।

ज्ञवालीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटक मृगौला प्रत्यारोपणको नेतृत्व गरेका थिए । ओलीको त्रिवि शिक्षण अस्पतालमै २०७६ फागुन २१ गते दोश्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो।

नेपालका नेताहरु सामान्य उपचारका लागि पनि विदेशका अस्पतालमा जाने लहर चलेको बेला बहालवाला प्रधानमन्त्रीको नेपालमै मृगौला प्रत्यारोपण सफल भएपछि ज्ञवाली चर्चामा आएका थिए ।

त्यसपछि २०७७ वैशाखमा ओलीले डा. ज्ञवालीलाई चार वर्षका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्र कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।