प्रेम दिवस कि यौन दिवस ? राजधानीमा कण्डमको बिक्रि अत्यधिक
बजारमा अहिले केही चर्चा छ भने त्यो कि त भ्यालेन्टाइन डे हो कि त मलेआलम फिल्मको हिरोइन प्रिया प्रकाश वारियर हो । भ्यालेन्टाइन डे को संस्कार नेपालमा भित्रिएको धेरै भएको छैन । छोटो समयमा पनि यसको प्रभाव भने उच्च बन्दै गैरहेको छ । केही वर्ष अगाडी सम्म युवा युवतीमाझ मात्र चर्चा हुने यो दिन अहिले भने सबै उमेर समूहमा पनि चर्चाको विषय बनेको छ ।
नेपालमा यसलाई प्रेम दिवसको रूपमा पनि मनाउने चलन भैसकेको छ । बिशेषगरी युवा पुस्ताले आफूलाई मन परेको केटा वा केटीलाई प्रस्ताभ राख्ने एउटा विशेष दिनको रूपमा हेरिन्छ । तर यो दिनलाई मनाउँदै गर्दा थुप्रै विकृति र विसंगतिले भने जन्म लिइसकेका छन् । प्रेम दिवस भनेर मनाएपनि यसले यौन दिवसको लेवल बनाइसकेको छ ।
यसै विषयमा हिमालपोष्ट टिमले एउटा विषयमा रिपोर्ट तयार पारेको छ । राजधानीमा गरिएको यो अध्ययनले भन्छ यो प्रेम दिवस होइन यो यौन दिवस हो । किनकि प्रेमदिवसको दिन राजधानीमा यति धेरै कण्डम बिक्यो कि यसको रेकर्ड सामान्य छैन ।
हामीले राजधानीका १५ वटा मेडिकल र ८ वटा पान पसलमा गरेको अध्ययनले अन्य दिनको तुलानामा २० गुणा बढी कण्डम बिकेको रेकर्ड देखाउँछ। अवश्य पनि यो राम्रो सङ्केत भने होइन । प्रेम दिवसको नाममा मनाइएको अघोषित यौन दिवस नै हो यो ।
बानेश्वरका एक मेडिकल सञ्चालकले हामीसंग भने हिजो अस्ति दिनमा ३० देखि ५० प्याकेट कण्डम बिक्थ्यो आज कम्तीमा ३ सय प्याकेट जति कण्डम बिक्री भयो । त्यसै मेडिकलको अल्लि साइडमा रहेको पानपसलमा पनि कण्डम देखेर हामीले सोध्यौँ कति बेच्नु भो आज ? प्रश्नको जवाफमा उनले भने ६० प्याकेट जति बेचेँ म सँग यति धेरै थिएन एक लट सकेर फेरी ल्याएको । हामीले फेरी भन्यौँ अरू दिनमा कति बिक्थ्यो ? उनले भने १० देखि १५ प्याकेट बिक्थ्यो । (प्राय गरी ३ वटा कन्डमको एउटा प्याकेट बनाइएको हुन्छ)
यस्तै हामीले गौशाला, थापाथली, कोटेश्वर, किर्तिपुर, बसपार्क र कलङ्की एरियामा सोधपुछ गर्दा हरेक ठाउँमा अत्यधिक कण्डम बिक्री भएको उनीहरूले बताए । कतिपय मेडिकलवालाले हामीलाई भने आज त प्रेम दिवस होइन कण्डम दिवस हो कि झैँ लाग्यो ।
कीर्तिपुरमा भने अन्यत्रको तुलनामा बढी बिकेको रेकर्ड भेटियो । त्यहाँ एक मेडिकल वालाले कहानी सुनाए हाम्रो देश धेरै अगाडी गैसकेको रैछ आज १७ जना त केटी मात्र कण्डम किन्न आए । यस्तै धेरै कहानी सुनेर हामीलाई लाग्यो यो दिन यौन दिवस भैसकेको रहेछ ।
यहाँ नेर प्रश्न बन्न सक्छ कण्डम प्रयोग गर्नु त सुरक्षा अपनाउनु हो किन यो विषय उठान गरियो ? हो सुरक्षा अपनाउनु पर्छ तर प्रेम दिवसमा यसरी यौन क्रियाकलाप बढ्नु भने पक्कै राम्रो पक्ष होइन । प्रेम गर्ने दिनलाई यौन दिवसमा परिणत नगरौँ । यो पक्कै पनि राम्रो सङ्केत हुँदै होइन ।