प्रवासी नेपाली मञ्चले १ नम्बर इलाका कमिटी गठन गर्ने - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

प्रवासी नेपाली मञ्चले १ नम्बर इलाका कमिटी गठन गर्ने



ओम प्रकाश बानियाँ/दोहा, कतार

नेकपा एमाले निकट प्रवास भातृ सङ्गठन प्रवासी नेपाली मञ्च कतारले २९ डिसेम्बर २०१७ मा १ नम्बर नगर कमिटी गठन गर्ने भएको छ ।

पाँचौँ राष्ट्रिय अधिवेशन पश्चात् केन्द्रीय कमिटीको निर्देशन अनुरूप जिल्ला सम्पर्क मञ्च र इकाई कमिटीहरुलाई उक्त विधान बमोजिम विघटन गरिएको जानकारी गराउँदै नयाँ विधान बमोजिम नगर एवम् इकाई कमिटी बिस्तार गरिने कुरा प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेलले आफ्नो जारी विज्ञप्तिमा भनिएको छ । सो विज्ञप्तिमा उनले सम्पूर्ण श्रमजीवी नेपाली आप्रवासीलाई निमन्त्रणाको लागि अपिल समेत गरिएको छ ।

कार्यक्रम दोहा स्थित न्यु गोर्खा रेस्टुरेन्टको सभाहलमा बिहान ८ बजे पछि सञ्चालन गरिने छ । २ र ३ को नगर कमिटी डिसेम्बर २ तारिख गठन भैसकेको छ ।