प्रदेश ७ को स्थायी राजधानी र नामका लागि सुझाव सङ्कलन समितिले बुझायो प्रतिवेदन
हेमन्त न्यौपाने /कञ्चनपुर — प्रदेश सांसद तथा नेकपा प्रदेश प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा प्रदेश ७ को नाम र स्थायी राजधानी तोक्न गठित समितिले मङ्गलवार सभामुख अर्जुन बहादुर थापा समक्ष सर्वसम्मत प्रतिवेदन बुझाएको छ ।
समितिका संयोजक तामाङले नाम र प्रदेश राजधानीबारे खुलाउन चाहनुभएन । संयोजक समितिमा नेकपाका बलदेव रेग्मी, चुन कुमारी चौधरी, प्रेमप्रकाश भट्ट र काङ्ग्रेसका श्यामलाल राना सदस्य थिए । एक सातामा सुझाव संकलन गर्नुपर्ने