प्रतिबन्धित भारुको समस्या समाधान गर्न रिजर्भ बैंकको टोली आज नेपाल आउँदै - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

प्रतिबन्धित भारुको समस्या समाधान गर्न रिजर्भ बैंकको टोली आज नेपाल आउँदै



काठमाडौं, १७ फागुन ।

प्रतिबन्धित ५ सय र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न भारतीय टोली मंगलबार (आज) नेपाल आउने भएको छ।

रिजर्भ बैंक अफ इन्डियाको उक्त टोलीले नेपाल राष्ट्र बैंकका उच्च अधिकारीलाई भेटेर प्रतिबन्धित भारूको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।

भारतको उक्त टोलीले नेपालमा रहेका प्रतिबन्धित नोटको व्यवस्थापन कसरी गर्ने भन्नेमा छलफल गर्ने र निष्कर्षमा पुग्ने बताइएको छ।  यो खबर आजको नागरिकमा छापिएको छ ।