कञ्चनपुरका तीनवटै प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र स्थापना गरिने
हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरका तीनवटै प्राथमिक स्वास्थ्य केन्द्रहरूमा सर्पदंश उपचार केन्द्र स्थापना गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी, बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्र बेलडांडी र दोधारा प्राथमिक स्वास्थ्य केन्द्र महाकालीमा सर्पदंश उपचार केन्द्रका लागि पाँच लाखका दरले बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकास मन्त्रालयले कञ्चनपुरका तीनवटै प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार सेवा तथा व्यवस्थापन शीर्षकमा जम्मा १५ लाख रकम विनियोजन गरेको र अब छिट्टै कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।
कञ्चनपुरको बेलौरीमा सर्पदंश उपचार केन्द्र स्थापनाका लागि गत महिना बेलौरी उद्योग बाणिज्य संघले आयोजना गरेको प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, अौद्योगिक, व्यापार मेलामा बिक्री भएका टिकटबाट प्रति टिकट रू. १ का दरले सहयोग गर्ने बताइएको छ ।