प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्धा अगाडि बढाउने हाे:प्रधानमन्त्री - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्धा अगाडि बढाउने हाे:प्रधानमन्त्री



काठमाडौ, फागुन ३० ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्धा अगाडि बढाउने बताएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ शक्ति पार्टीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले विगत लामो समयदेखि आफूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशिताको पक्षमा अडान राख्दै आएपनि संविधानसभामा दुई तिहाई पुग्न नसकेका कारण फरक मत दर्ज गरेर यसलाई जनताका बीचमा राखेको प्रष्ट पार्दै आगामी दिनमा पनि यो मुद्धालाई अगाडि बढाउने बताएका छन् ।

प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका पक्षमा रहेका सबैलाई सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै आगामी निर्वाचनमा यो मुद्धालाई जनताबीच लानुपर्ने कुरामा जोड दिए ।

प्रधानमन्त्रीले अहिले सरकार मधेश, आदिवासी जनजाति, थारु लगायतका मुद्धा सम्बोधन हुने गरी संबिधान संशोधन गरेर चुनाव सम्पन्न गराउन लागिपरेको बताउँदै सबैलाई चुनावमा सहभागी हुन आग्रह गरेका छन् ।

नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने, समानुपातिक तथा समावेशी आधारमा निर्वाचन गर्नुपर्नेलगायत विषयमा माग नेपालको १० लाख जनताको हस्ताक्षरसहितको उक्त ज्ञापनपत्र बुझाएको थियो ।