तयार भयो स्थायी कमिटीमा लैजाने प्रस्ताव: सचिवालय बैठक नबस्ने - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

तयार भयो स्थायी कमिटीमा लैजाने प्रस्ताव: सचिवालय बैठक नबस्ने



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल सकिएको छ करिब ३ घण्टा भएको छलफलमा स्थायी कमिटि बैठकमा लैजाने प्रस्ताव तयार गरेको बताइएको छ ।

बुधबार बैठक बसेर २६ गते बस्ने बैठकको कार्यसूची, प्रस्ताव तयार पारेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । अध्यक्षद्वयले स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्ताव तयार पारेका हुन् ।

पार्टीमा देखिएका पछिल्ला विवाद समाधानका लागि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएपछि विवाद मथ्थर भएको अनुमान गरिएको छ ।

नेकपाले सचिवालय बैठक नबोलाउने भएको छ । अब अध्यक्षले तयार पारेको प्रस्ताव स्थायी कमिटीमा पेस गर्ने कार्यसूची रहेको बताइएको छ ।

गत सचिवालय बैठकमा पनि कार्यदलको प्रतिवेदनबारे छलफल भएपछि स्थायी कमिटि बैठक बस्ने माहोल समेत बनेको थियो ।

अध्यक्षद्वयले प्रस्ताव तयार पारेपछि सबै स्थायी कमिटी सदस्यलाई कार्यसूची पठाइएको छ ।