इराकसँगको हारपछि प्रशिक्षकले मागे माफी: यसमा म दोषी हो, खेलाडी होइनन् - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

इराकसँगको हारपछि प्रशिक्षकले मागे माफी: यसमा म दोषी हो, खेलाडी होइनन्



काठमाडौं- फिफा बरियतामा नेपालभन्दा एक सय तीन स्थान माथि रहेको इराकसँगको मैत्रीपुर्ण खेलमा ६-२ को हारपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सबै नेपाली समर्थकसँग माफी मागेका छन ।

खेल सकिएको केहि समयपछि नै उनले यो हारको जिम्मा आफुले लिने र खेलाडीहरू यसमा दोषी नभएको बताएका छन् । उनले खेलाडीहरूलाई दोष नदिन समेत आग्रह गरेका छन् ।

‘म नेपालका सबैलाई सरी भन्न चाहन्छु किनभने हामीले राम्रो नतिजा निकाल्न सकेनौँ’, खेलपछि प्रशिक्षक अलमुताइरीले भने, ‘मात्र ११/१२ दिनको अभ्यास पछिको खेल हो। हामीलाई समय र धैर्य चाहिन्छ। कुनै खेलाडीलाई केही नभनौँ। यो हारको लागि उत्तरदायी व्यक्ति म मात्र हुँ।’

‘केही समय पर्खौँ। हामी नेपालको लागि राम्रो खेल्नेछौँ। हामीले आज नेपालीलाई धेरै खुशी पार्न सकेनौँ होला। आज दुई गोल गर्‍यौँ। तीन गोल बनाएर लिड गर्नका लागि हामी धेरै नजिक थियौँ। तर, यो फुटबल हो,’ उनले भने।

विश्वकप खेलिसकेको र अष्ट्रेलिया, दक्षिण कोरीयालाई कुनै समय हराइसकेको इराकविरुद्ध नेपालले संघर्षपुर्ण खेल खेलेको थियो । दुई दशकपछि इराकसँग खेल्दा युवा खेलाडीको टिम नेपालले दुई गोल फर्काउन भने सफल भयो । नेपालका लागि डेब्यु गरेका मनिष डाँगीले डेब्यु खेलमा नै गोल गरेका थिए ।

प्रशिक्षक अब्दुल्लाहले दुई दिन अगाडी पनि आफ्नो फेसबुकमा खेलाडीलाई दोश नदिन र नेपालको नजिताको सम्पुर्ण जिम्मेवारी आफुले लिने बताएका थिए ।

इराकसँगको खेलले प्रशिक्षक अब्दुल्लाहलाई पनि कमिकमजोरी आंकलन गर्ने सुनौलो अवसर मिलेको छ । विश्वकप छनौट अगाडी कुवेतको मौसमसँग मिल्दोजुल्दो इराकमा गएर टिमलाई अभ्यस्त बनाउन यो मैत्रीपुर्ण खेल खेलिएको हो ।

प्रशिक्षक अब्दुल्लाहको यसअघि पनि यो पटकको भ्रमण नेपाली टिमका लागि जित भन्दापनि राम्रो अनुभवका लागि रहेको बताएका थिए ।