पुर्व कानुनमन्त्री र दुर्गा प्रसाईलाई कानुनी कार्वाही गर्न माग - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पुर्व कानुनमन्त्री र दुर्गा प्रसाईलाई कानुनी कार्वाही गर्न माग



काठमाडौं– मंगलबार राजीनामा दिएर सरकारबाट बाहिरिएका कानुनमन्त्री शेरबहादुर तामाङ र मेडिकल व्यावसायी दुर्गा प्रसाईलाई तत्काल कानुनी कार्वाही गर्न माग गरिएको छ । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुको संगठन नेपलिज स्टुडेन्ट एसोसियसन बंगलादेशका अध्यक्ष डा.राजु शाहले आज एक विज्ञप्ति जारी गरी सो माग गरेका हुन् ।

केही दिनअघि मन्त्री तामाङ र झापास्थित बिएण्डसी मेडिकल सञ्चालक दुर्गा प्रसाईले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली छात्राहरुलाई लक्षित गर्र्द दिएका अभिव्यक्तिले उनीहरुमाथि नकारात्मक असर पुगेको जनाउँदै विज्ञप्तिमा भनिएको छः यसरी आफ्नो पद र गरिमाका ख्यालै नगरी यस्ता घृणित पाराले नेपाली चेलीहरुको इज्जतमा दाग लगाउने  कपोकल्पित, भ्रमपूर्ण तथ्यहिन कटाक्ष गर्ने मन्त्री तामाङको राजीनामा र व्यवसायी प्रसाईले माफी माग्नुको कुनै औचित्य देखिदैन । यसले पक्कै पनि बंगलादेशमा अध्ययनरत नेपाली चेलीहरुको मान–सम्मान फिर्ता आउने छैन ।’

विज्ञप्तिमा मन्त्री तामाङ र व्यावसायी प्रसाईको अभिव्यक्तिमा कुनै सत्यता नरहेको जनाइएको छ ।