प्रधानन्यायाधीश विरुद्ध अवहेलना मुद्दा दायर ! - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

प्रधानन्यायाधीश विरुद्ध अवहेलना मुद्दा दायर !



प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीविरुद्ध नै अवहेलनाको मुद्दा परेको छ । जन्ममिति, शैशिक प्रमाण पत्र तथा न्यायसम्पादनका क्रममा देखिएका आफ्ना अयोग्यताका सम्बन्धमा प्रश्न उठाउनेहरुलाई अवहेलनाको मुद्दामा आवेशप्रेरित आदेश गरेको भन्दै आलोचित हुन पुगेका पराजुलीविरुद्ध नै मुद्दा परेको हो ।

पेप्सीकोला बस्ने ४८ वर्षीय मनोजकुमार अधिकारीले पराजुलीको स्वेच्छाचारी चरित्र न्यायालयमा जताततै हाबी भएको र त्यसविरुद्ध उभिने अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्कीसमेत दिएकाले उनबाट अदालतको अवहेलना भएकाले हदैसम्मको कारबाही गरिपाऊँ भनी सर्वोच्च निवेदन पेस गरेका हुन् ।