६ महिनामै काठमाडौं प्रहरी प्रमुख आउट: कारण के ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

६ महिनामै काठमाडौं प्रहरी प्रमुख आउट: कारण के ?



गृह मन्त्रालयले नेपाल प्रहरीको विभिन्न स्थानमा कार्यरत एसएसपीको सरूवा गरेको छ ।

काठमाण्डु प्रहरी परिसर प्रमुखमा एसएसपी विश्वराज पोखरेलको ठाउँमा एसएसपी बसन्त लामा, ललितपुर प्रहरी प्रमुखमा गणेश ऐरको ठाउँमा रवीन्द्र धानुकलाई ल्याइएको छ ।

लामा यसअघि सनम शाक्य र तस्करीको सुन सम्वन्धमा अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष छानबिनस समितिमा रहेका काम गरेका थिए भने, धानुक यस अघि काठमाण्डु प्रहरीको प्रमुख भएर काम गरेका थिए । एसएसपी पोखरेल गत माघ २८ गतेदेखि काठमाण्डु प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

एसएसपी पोखरेलले ६ महिना परिसरका रहँदा नक्कली नोट कारोबारी, गुन्डा गर्दी नियन्त्रण गरेसँगै एसएसपी पोखरेलको चर्चा सुरु भएको थियो ।