प्रलेस रुपन्देहीद्वारा प्रगतिशील र प्रगतिवाद विषयक विचारगोष्ठी सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रलेस रुपन्देहीद्वारा प्रगतिशील र प्रगतिवाद विषयक विचारगोष्ठी सम्पन्न



प्रगतिशील लेखक संघ रुपन्देहीद्वारा प्रगतिशील र प्रगतिवाद विषयक विचारगाष्ठी सम्पन्न भएको छ ।

कविराज पाैडेलकाे अध्यक्षता र देवेन्द्र घिमिरेकाे स्वागत मन्तव्यमा  आयोजित उक्त  विचारगोष्ठीका प्रमुख अतिथि एवं प्रमुख वक्ता-मार्क्सवादी साैन्दर्य चिन्तक वरिष्ठ समालोचक प्राज्ञ डा•अमर गिरी रहनु भएको थियो ।

प्रमुख अतिथि गिरीले शव्द र कर्ममा प्रगतिवाद झल्किनुपर्ने बताउनु भएको थियो ।

उक्त कार्यक्रममा वक्ताहरू मार्क्सवादी साैन्दर्यशास्त्री वरिष्ठ साहित्यकार प्रा•दिल साहनी,अवधारणा पत्र प्रस्ताेता डा•मुरारी पराजुली र टिप्पणीकारहरू-प्रा•डा•कृष्ण चन्द्र शर्मा ,मार्क्सवादी साैन्दर्यशास्त्री युवराज पन्थी,डा.घनश्याम परिश्रमी,ऋषिराम भुषाल,सिद्धिचरण भट्टराई ,हरि पाैडेल,रामचन्द्र श्रेष्ठ सरिता श्रीस,खाेमा तरामु मगर,ऋषि अाजाद र ऋषिकेशव भारद्वाज,कृष्णप्रसाद काेइराला,राजेन्द्र अाचार्य,दिवाकर पन्थी र बाल कृष्ण भण्डारी ,पुरन गुरुङ लगायत मार्क्सवादी साैन्दर्यशास्त्रीहरूको उपस्थिति रहेको थियो ।

सुवास रिजालको  सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा मिन रानाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।