प्राकृतिक सम्पदाले धनी घोडाघोडी नगरपालिकाका पर्यटकीय क्षेत्र ओझेलमा
जीवन बिष्ट / सुखड,कैलाली ।
कैलालीको मध्यवर्ति क्षेत्रमा छ घोडाघोडी नगरपालिका यसको क्षेत्रफल ३५४.४४ वर्ग कि.मि.रहेको छ । यस नगरपालिकाको जनसंख्या ८७,६७९ रहेको छ । १२ वटा वडामा विभाजन भएको यो नगरपालिकामा साविकको दरख,साडेपानी, रामशिखरझाला र पहलमानपुर गाविस समावेस भएका छन । घोडाघोडी नगरपालिका प्राकृतिक सौन्दर्यले धनि छ । यहा साना ठुला पर्यटकिय क्षेत्रहरु धेरै छन् । रामसार सुचिमा सुचिकृत घोडाघोडी ताल क्षेत्र यहि नगरपालिकामा पर्छ ।
यति मात्रै हैन परापूर्व काल देखीको पौराणीक महत्व वोकेको सिता कुण्ड,राम कुवा,तथा चिडीया ताल पनि यही अवस्थीत छन् । तर, विडम्वना प्राकृतीक सम्पदाले धनी घोडाघोडी नगर क्षेत्रका ठुला सम्भावना वोकेका क्षेत्र ओझेलमै छन् । यस्तै ठुलो महत्व तथा सम्भावना वोकेको क्षेत्र हो “ सिता कुण्ड ”घोडाघोडी नगरपालिका वडा नं.४ मा अवस्थीत सिता कुण्ड क्षेत्र ओझेलमा पर्दै गएको छ ।
पौराणिक महत्व वोकेको सिताकुण्ड क्षेत्रको संरक्षण सम्बर्द्धन हुन नसक्दा तथा भएका संरचनाहरु पनि भत्कीदा यो क्षेत्र ओझेलमा पर्दै गएको हो । सिताकुण्ड मन्दीर प्रवेश गर्ने खोलामा रहेको काठे पुल भत्कीएको छ भने सिताकुण्ड क्षेत्रको पानिको कुवा भएको क्षेत्रपनि जिर्ण वनेको छ । सम्वन्धीत क्षेत्रको समयमै ध्यान नपुग्दा सिताकुण्ड क्षेत्रमा भएका संरचना पनि जिर्ण वन्दै गएको राम जानकी मन्दीर व्यवस्थापन समितीका अध्यक्ष मिन बहादुर केसीले बताउनु भयो । परापुर्वकाल देखी प्रचलनमा रहेको सिताकुण्डको क्षेत्रको ठुलो महत्व रहेको बताउनु भयो । घोडाघोडी क्षेत्रमा सिताकुण्ड वाटै जल जाने गरेको बताउदै उहाले सिताकुण्ड क्षेत्रको समयमै व्यवस्थापन नभएमा विनास हुदै जाने धारणा राख्नु भयो ।
सिताकुण्ड क्षेत्रको प्रचार प्रसार तथा संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्रीने,विवाह,भोज भतेर तथा वनभोजको लागी समेत यो क्षेत्रमा धेरै पर्यटक आउने विश्वास उहाको छ । आफुहरुकै लापरवाहिले सिताकुण्ड क्षेत्र ओझेलमा परेको स्वीकार गर्दै उहाले सिताकुण्ड क्षेत्रको विकाशको लागी जिर्ण अवस्थामा रहेको संरचनाको मर्मत गर्ने,तारजालि गर्ने लगाएताका थुप्रै योजना वनाइरहेको उहाले बताउनु भयो । सिताकुण्ड क्षेत्रको संरक्षण सम्वद्धनका लागी वडा नम्वर ४ का वडा अध्यक्ष टेक बहादुर वुढाको पहलमा बृहत घोडाघोडी ताल पर्यटन वोर्ड वाट ५ लाख छुट्टाएको ।