प्रकाशमान सिंहले भने : हतारमा भोट हालेर फुर्सदमा पछुताउन नपरोस - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

प्रकाशमान सिंहले भने : हतारमा भोट हालेर फुर्सदमा पछुताउन नपरोस



काठमाडौं।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले हतारमा भोट हालेर फुर्सदमा नपछुताउन मतदातालाई आग्रह गरेका छन् ।

उनले रबिन्द्र मिश्र र वाम गठबन्धनको चर्को बिरोध पनि गरेका छन् ।

पूर्वपत्रकार समेत रहेका मिश्र विवेकशील साझा पार्टीका उम्मेदवार हुन् भने एमाले र माओवादी गठबन्धनबाट अनिल शर्मा चुनावी मैदानमा छन् ।

शनिबार आयोजित चुनावी कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले मतदान गर्नुअघि चार पटक सोच्न मतदातालाई आग्रह गरेका छन् । आवेगमा आएर मतदान नगर्न आग्रह गर्दै उनले भने, ‘देश हाँक्छु भनेर हिडेका नेताहरुलाई जिताउँदा राम्रो हुन्छ कि विदेशमा बसेर डलर कमाएर आएकाले म सुधार गर्छु रे । के सुधार गर्नुहुन्छ ?’

मिश्रप्रति लक्षित गर्दै उनाले आफू लोकतन्त्रका लागि लडिरहँदा राजतन्त्रको पक्षमा कमल चोप्नेहरु अहिले क्रान्तिकारी उम्मेदवार बनेको आएको बताए ।

उनले अघि भने, बहुदलीय व्यवस्था ध्वस्त नभएसम्म घरबाट बाहिर आउँदिन भन्नेको छोरा र तपाईहरुलाई रैतिबाट जनता बनाउन पिताको छोरा उम्मेदवार छ ।’

भारतीय चुनावमा सुपरस्टारले ठूला नेताहरुलाई हराउने तर, ५/६ महिनापछि काम गर्न सकिँन भनेको स्मरण गर्दै उनले भने, ‘यहाँ पनि नहोला भन्ने के ग्यारेन्टी ?’