प्रकाशमानले भने: राजनीतिलाई कमाइखाने भाँडो बनाउनेहरूका कारण निराशा आयो - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

प्रकाशमानले भने: राजनीतिलाई कमाइखाने भाँडो बनाउनेहरूका कारण निराशा आयो



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशु्द्ध समाजसेवाको क्षेत्र भएको बताएका छन्।

‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत शनिबार काठमाडौंको बानेश्वरमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय राजनीतिलाई कमाइखाने भाँडो बनाउनेहरूका कारण जनतामा निराशा छाएको बताए।

नेता सिंहले नेपालका कम्युनिस्टहरूको द्वेध चरित्रका कारण मुलुकमा अस्थिरता निम्तिएको आरोप लगाए। कांग्रेस मात्रै स्पष्ट अडानवाला पार्टी भएको दाबी उनले गरे।

कांग्रेसले लिएको नीति र अडानकै कारण आजसम्म हरेक राजनीतिक आन्दोलन सफल भएको जिकिर उनले गरे।

सत्ता र शक्तिमा रहेकाहरूले देशको हितलाई ध्यानमा राखेर काम गरे नागरिकको अपेक्षाअनुसार समृद्धि प्राप्त नेता सिंहले बताए।

गठबन्धनको विरोध गर्नेहरूलाई उनले कुन परिस्थितिमा गठबन्धन बन्यो भन्ने वास्तविकता नबिर्सन आग्रह गरे।

स्थानीय तहका निर्वाचनमा गठबन्धन के गर्ने भन्ने विषयमा जारी केन्द्रीय समितिको बैठकले कार्यकर्ता, कांग्रेसका शुभचिन्तकका सुझाव र मुलुकको आवश्यकतालाई ध्यान दिएर उपयुक्त निर्णय गर्ने उनले बताए।

साथै कांग्रेसका पक्षमा चुनावी माहोल बनाउँदै नागरिकका घरघर पुगेर कांग्रेसको नेतृत्वमा मुलुकमा भएका उपलब्धिबारे जानकारी गराई जनमत निर्माण गर्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए।