प्रकाशमानले नमाने उनको विरुद्धमा शेखरलाई उठाउने तयारी
काठमाडौं । प्रकाशमान सिंहले हठ नछाडेपछि संस्थापनइतर समूहले उनको विरुद्धमै डा. शेखर कोइरालालाई उठाउने तयारी गरेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन केहि समय मात्र बाँकी हुदाँ पनि संस्थापन इतर समुहले सभापतिको साझा उम्मेदवार छान्न नसकेपछि यस्तो तयारी गरिएको हो ।
अहिले पनि इतर समूह साझा उम्मेदवार छान्ने कसरतमै छ । संसथापन इतर समुहमा चार जना सभापतिका आकांक्षी मध्ये अहिले दुई जना मात्र देखिएका छन् । त्यसमा पनि प्रकाशमान सिंह र शेखर कोइरालाले अडान नछाडेपछि पौडेल समुहले सभापतिका साझा उम्मेदवार छान्न सकेको छैन ।
सिंहले सहमति भए आफ्नै नाममा हुनुपर्ने, नभए प्रतिस्पर्धामा जानुपर्ने अडान राख्दै आएका छन् । शिहीबार साँझ युवा नेताहरुको छलफलमा उनले सभापतिको दाबीबाट पछि नहट्ने बताएका थिए ।
सभापतिको साझा उम्मेदवार छान्न अन्तिम प्रयासमा रहेको संस्थापन इतर समुहको बैठक पौडेल निवास बोहोराटारमा जारी छ । युवा नेताहरुसहितको उक्क्त बैठकले शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा प्रस्तुत गर्ने विषयमा छलफल भएको एक नेताले बताए ।
ति नेताले भने, ‘सिंहले दाबी नछाडेपछि शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा अघि सार्ने विषयमा हाम्रो छलफल भइरहेको छ । महाधिवेशन उद्घाटन अघि नै त्यसको टुंगो लाग्छ होला ।’