शम्भु राइले प्रकाश सपुतविरुद्ध मुद्दा हाले - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

शम्भु राइले प्रकाश सपुतविरुद्ध मुद्दा हाले



काठमाडौं – गायक शम्भु राइले गायक प्रकाश सपुतविरुद्ध मुद्दा दर्ता गरेका छन् । उनले प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेका हुन् ।

बौद्दिक सम्पति चोरी भएकोले मुद्धा हाल्न बाध्य भएको सम्भु राईले जानेका छन् ।   प्रकाश सपुतको पछिल्लो रिलिज गीत ‘गलबन्दी’को गीतसँग आफूले तयार पारेको ‘देउसी भैली’ बोलको गीतको लय मिलेको भन्दै राइले उजुरी दर्ता गरेका हुन् ।

गायक प्रकाश सपुत र शम्भु राइविचको गीत चोरी बिबाद उत्कर्षमा छ । यसै बिषयमा शोमबार संसदमा पनि चर्चा कमाएको छ । लामो समयदेखि यी दुई छलफलमा रहेपनि दुइको छलफल किनारा लाग्न भने सकेको छैन ।