प्रकाश राजद्वारा लोकसभा निर्वाचनमा भाग लिने : मोदीका कडा आलोचना - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

प्रकाश राजद्वारा लोकसभा निर्वाचनमा भाग लिने : मोदीका कडा आलोचना



एजेन्सी । भारतीय अभिनेता प्रकाश राजले आसन्न लोकसभा निर्वाचन लड्ने भएका छन् । शुक्रबार उमेद्वारी दर्ता गराएर उनी निर्वाचन प्रतिस्पर्धामा उत्रिएका हुन् । प्रकाशले बेंगलुरु सेन्ट्रलबाट स्वतन्त्र उमेद्वारको रुपमा उमेद्वारी दिएका छन् ।

प्रकाशले जनवरी पहिलो दिन नै निर्वाचनमा सहभागी हुने घोषणा गरिसकेका थिए । उनलाई तेलांगाना राष्ट्र समितिले समर्थनको प्रत्याभुत गराएकाले त्यही राज्यबाट चुनाव लड्ने अनुमान गरिएको थियो । तर हाल आएर उनले कर्नाटक राज्यबाट उमेद्वार दिएका छन् ।

प्रकाश अघिल्लो विधानसभा निर्वाचनदेखि सत्तारुढ भाजपा र मोदीका नीतिहरुको प्रखर आलोचक रहदैं आएका छन् ।
–द हिन्दूबाट