प्रकाश राजको जमानत जफत - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

प्रकाश राजको जमानत जफत



काठमाडौं -साउथ इन्डियन चलचित्रका स्टार कलाकार प्रकाश राजको लोकसभा निर्वाचनमा जमानत जफत भएको छ।

कर्णाटक राज्यको बैंगलोर सेन्ट्रलबाट स्वतन्त्र उम्मेद्वारको रुपमा चुनावमा उठेका प्रकाश राज २८९०६ भोटमात्र ल्याउन सफल भए। सो क्षेत्रमा १९ लाख ३१ हजार मतदाता थिए।

जमानत बचाउन प्रकाशले मतको ५ प्रतिशत मत ल्याउनुपर्ने थियो। सिठी फुक्दै बाटोमा भएका फोहोर सफा गरेका उनले फिल्मी शैलीमा चुनाव प्रचार गरेका थिए।

सो क्षेत्रमा विजेपीका पीसी मोहनले ६०२८५३ मत ल्याएर जित निकालेका छन्। कंग्रेस उम्मेदवार रिजवान अर्सदले ५३१८८५ मत ल्याए।