देउवाको पक्षमा उभिए प्रकाश शरण महत - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

देउवाको पक्षमा उभिए प्रकाश शरण महत



काठमाडौं- कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले सभापतिमा शेरबहादुर देउवाको पक्षमा उभिएका छन् । उनले देउवाको विकल्प नभएको बताएका छन् ।

बुधबार संचारकर्मीसँग कुरा गर्दै डा. महतले पुख्र्यौली विरासतको आधारमा नभई योगदानको आधारमा नेतृत्व चयन हुनुपर्ने भएकाले सभापतिमा देउवाको विकल्प नभएको बताएका हुन् ।

महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहाना राख्ने जो कोही पनि चुनावी प्रतिपर्धामा आउन सक्ने बताए । वडादेखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिष्पर्धामा जाने बाटो खोलेको भन्दै उनले योग्य र सक्षम उम्मेदबार आकांक्षीका रुपमा अघि आउन सक्ने बताए ।

विधानले दोश्रो पुस्तालाई अगाडि आउन नरोकेको भन्दै उनले पुर्खाको योगदान वा पुर्खौली विरासतको आधारमा नभई पार्टीमा योगदान गरेको आधारमा उम्मेदवारी चयन गर्न सबैलाई आग्रह गरे । पार्टी भित्रका तीन पुत्र नेताहरुको भेटघाटलाई लक्षित गर्दे उनले पिताले गरेको योगदानको ब्याज खान पार्नुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापित हुनुपर्ने दाबी गरे ।

भेटघाटले सकारात्मक सन्देश नदिएको भन्दै उनले पार्टीमा ठूलो योगदान दिएका लाखौं नेता कार्यकर्ताहरु रहेको बताए । उनले आफु सभापति पदका लागि पनि योग्य रहेको भए पनि उपसभापति या महामन्त्रीमा उम्मेदवारी दिने बताए । उनले राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति र वर्तमान विशिष्ट राजनितिक परिस्थितिमा बुझेर उपयुक्त नेतृत्व चयन गरिनुपर्नेमा जोड दिए ।