प्रचण्डले पार्टीको झन्डा ओडाउंदा स्तब्द बन्यो पेरिसडाँडा - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

प्रचण्डले पार्टीको झन्डा ओडाउंदा स्तब्द बन्यो पेरिसडाँडा



काठमाडौं । 

माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिँदै पार्टीको झण्डा ओढाउंदा आँखाबाट आँशु थाम्न सकेनन ।

प्रकाशको पार्थिव शरिरलाई अहिले माओवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ। प्रकाशलाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, अमिक शेरचन, वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, नेकपा मालेका महासचिव सीपी मैनाली लगायत उपस्थित भएका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशको आइतबार विहान घरमै हृदयघातका कारण निधन भएको नर्भिक अस्पतालका डाक्टरहरुले बताएका छन् । उनको आइतबार नै अपरान्ह ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार हुनेछ ।