विप्लवका छोराको चेतावनी: नसच्चिए कलेज सञ्चालकलाई ‘झुन्ड्याइदिन्छौँ ’ - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

विप्लवका छोराको चेतावनी: नसच्चिए कलेज सञ्चालकलाई ‘झुन्ड्याइदिन्छौँ ’



काठमाडौं- सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाशले चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपानेलाई झुन्ड्याउने चेतावनी दिएका छन् ।

उनले एक कार्यक्रममै यस्तो चेतावनी दिएका हुन् । मेडिकल कलेजले चर्को शुल्क लिएको कारण विद्यार्थीलाई मार परेको भन्दै उनले कलेजकै गेटमा झुन्ड्याउने चेतावनी दिएका हुन् ।

कार्यक्रममा उनले उपचारका क्रममा ७० रुपियाँ पर्ने किटलाई १६ सयसम्म लिएको पनि बताएका छन् । प्रकाश चन्दले भने, ‘यदि सच्चिएनौ भने हरिशचन्द्र न्यौपाने, हामी तिमीलाई यहि गेटमा ल्याएर झुन्ड्याउँछौं ।’

उनले कार्यक्रममा अगाडी भनेका छन्, विद्यार्थी, विरामीका समस्या समाधानका निम्ति न्यौपाने गम्भिर नभएको, वार्तामा समेत नबसेको उल्लेख गरेका प्रकाशले सोही क्रममा भने,‘सक्छन् भने न्यौपाने हामीसँग यहाँ आएर कुरा गरुन्, काठमाडौंका फाइभ स्टारमा बसेर, रक्सी खाएर भाडाका टट्टु लगाउने होइन ।’

प्रकाश चन्द चितवन मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थी हुन् भने विद्यार्थी राजनीतिमा पनि सक्रिय छन् ।

कलेजले विद्यार्थीलाई मारमा पारेको भन्दै प्रकाशको समर्थनमा धेरै विद्यार्थी उत्रिएका छन् । त्यस मध्येकी एक छात्रा भन्छिन्,‘विप्लवको छोरा प्रकाशले उचालेर ल्याएको भन्ने आरोप लगाए । हामी डाक्टर पढ्ने विद्यार्थी के सत्य, के असत्य के न्याय के अन्याय हामी छुट्याउन सक्तैनौं ?’