प्रकाण्डलाई तीन दिनभित्र प्रमाणसहित पेश गर्न अदालतको आदेश - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रकाण्डलाई तीन दिनभित्र प्रमाणसहित पेश गर्न अदालतको आदेश



दाङ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आइतबार दाङ जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा बम विस्फोट गराएको मुद्दामा उनविरुद्ध तीन दिनभित्र प्रमाणसहित पेश गर्न अदालतले आदेश दिएको छ । अदालतले थप तीन दिन हिरासतमा राखि अनुसन्धान गर्न अनुमति भएको छ ।

तत्कालिन प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने चुनावी सभालाई लक्षित गरी बम विष्फोट भएको थियो । विस्फोटबाट म्यादी प्रहरीसहित नौ जना घाइते भएका थिए ।

देउवा हेलिकोप्टरबाट टरिगाउँ विमानस्थलमा अवतरण गरी गाडीमा अरनिको मैदानस्थित सभालाई सम्बोधन गर्न जाँदै गर्दा तुलसीपुर उपमहानगरपालिका–५ घ लाईनमा बम विष्फोट भएको थियो । जसमा घाइते भएका एक जना म्यादी प्रहरीको मृत्यु पनि भएको थियो ।