प्रकाण्ड काण्ड: सरकार र सर्वोच्चको लुकामारी ! - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

प्रकाण्ड काण्ड: सरकार र सर्वोच्चको लुकामारी !



काठमाडौँ : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिए लगतै पुनःपक्राउ परेका छन्। शुक्रवार प्रहरीले अदालत परिसरबाट बाहिरिँदै गर्दा विकलाई पक्राउ गरेको हो।

गत साउन २२ गते महानगरी प्रहरी परिसर काठमाडौंले नेता विकलाई चन्दा लिएको अभियोगमा प्रकाउ गरेको थियो। त्यसपछि नेता विकलाई अदालतले रिहा गर्न आदेश दिए पनि विभिन्न अभियोगमा पक्राउ पर्दै आएका छन्। पक्राउ गरी उदयपुर पठाइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए।

२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत भइसकेका छन्।