प्रकाण्ड पछी ‘विप्लव’ माओवादीका जिल्ला इन्चार्ज पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रकाण्ड पछी ‘विप्लव’ माओवादीका जिल्ला इन्चार्ज पक्राउ



गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पाटीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ।

कुमाललाई गोरखा नपरपालिका वडा नम्बर १२ दशकिलोस्थित उनकै निवासबाट बिहीबार दिउँसो पक्राउ गरिएको बताइएको छ । प्रहरीका अनुसार उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

बुधबारमात्र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित तीन उच्च नेतालाई प्रहरीले राजधानीबाट नियन्त्रणमा लिएको थियो।