‘प्रकाण्ड’लाई छाड्न सर्वोच्च अदालतले पुनः आदेश - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

‘प्रकाण्ड’लाई छाड्न सर्वोच्च अदालतले पुनः आदेश



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई छाड्न सर्वोच्च अदालतले पुनः आदेश दिएको छ ।

न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले खड्कालाई सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो ।

चन्दा आतंक मच्चाएको भन्दै साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई गत शुक्रबार अदालतले छाड्न आदेश दिएको थियो । अदालतको आदेश विपरीत सर्वोच्च परिसरबाटै प्रहरी उनलाई तत्काल पक्राउ गरेको थियो ।

दोस्रो पटक एनसेल टावरमा आक्रमण गरेको अभियोगमा पक्राउ गरिएका प्रकाण्डलाई छाड्न अदालतले पुनः आदेश दिनुपरेको हो ।