प्रकाण्डका छोरा तीनथान गोलीसहित विराटनगरमा पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रकाण्डका छोरा तीनथान गोलीसहित विराटनगरमा पक्राउ



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा नरेन्द्र बिक विराटनगरमा पक्राउ परेका छन् । प्रहरीले विकलाई तीनथान गोलीसहित पक्राउ गरेको हो।

बिहीबार बेलुकी साढे ४ बजे विराटनगरबाट काठमाडौं आउँदै गर्दा उनीसँग तीनथान पेस्ताेलकाे गोली फेला परेको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।

प्रहरीका अनुसार चाइनिज पेस्तोलमा लाग्ने तीन गोलीसहित उनी पक्राउ परेका हुन् । उनी नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कोषाध्यक्षसमेत हुन् । विकलाई अहिले मोरङ प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ ।