विप्लवलाई छोडेर एमाले प्रवेश गर्दै प्रकाण्ड - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

विप्लवलाई छोडेर एमाले प्रवेश गर्दै प्रकाण्ड



काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्तासमेत रहेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् ।

उनलाई केही दिनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउने तयारी रहेको बताइएको छ । प्रकाण्ड पछिल्लो समय विप्लवसँग रुष्ट बन्दै आएका थिए ।

पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव र उनको सम्बन्ध बिग्रिएका कारण उनी सो पार्टीबाट छुट्टिन लागेको बुझिएको छ । उनले केही समयअगाडी पार्टीका महासचिव विप्लवको कार्यशैलीप्रति असहमति जनाउंदै पार्टी त्याग्ने चेतावनीसमेत दिएको स्रोतको दाबी छ ।

नेता प्रकाण्ड ०६४ को संविधानसभा चुनावमा कालिकोटबाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी विश्वकर्मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत भएका थिए।

तर राजनीतिक उतारचढावपछि तत्कालीन नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्यले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी) छाडेपछि उनी पनि वैद्यसँगै बाहिरिएका थिए। उनले पार्टी त्याग गर्ने चर्चा चलेसँगै नेकपाको राजनीति तरंगित बनेको छ ।