प्रकाण्डकाे निलम्बनबारे यसो भने विप्लवले - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

प्रकाण्डकाे निलम्बनबारे यसो भने विप्लवले



नेपाल कम्युनिस्ट पार्टीका महसचिव नेत्रविक्रम चन्द विप्लवले विभिन्न संचार माध्यममा आएको समाचारप्रति आपत्ती जनाएका छन् ।

विप्लवले बिहीबार एक विज्ञप्ति जारी गर्दै केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट हाम्रो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भैराखेकाप्रति आपत्ति जनाएका छन् ।

नेपाली मिडियामा पार्टी प्रवक्ता प्रकाण्ड निलम्बनमा परेकाे भन्ने समाचार प्रकाशित भएको थियो । प्रकाण्डबारे लगातार समाचार आएपछि विज्ञप्ति जारी गर्दै पार्टीविरुद्ध कपोलकल्पित समाचार प्रकाशन गरिनु पत्रकारिता नभएको बताएका हुन् ।

४९ दिनपछि सर्वोच्चको आदेशमा रिहा भएका प्रकाण्डका गतिविधि शंकास्पद रहेको पाइएपछि नेकपाले उनलाई प्रवक्ताबाट निलम्बन परेको खबर बाहिरिएको थियो ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा भएका सबै परिवर्तनकामी आन्दोलनहरुको बैठान गलत तरिकाले हुन गई देश र नेताले अहिलेसम्म धोका पाइरहेको परिप्रेक्ष्यमा हाम्रो पार्टीले यी सबैखाले धोकाधडी, षड्यन्त्रहरुलाई चिर्दै जनतामा झाँगिएको अविश्वासलाई विश्वासमा, निराशालाई आशामा बदल्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई नै पुर्गठित गर्दै अघि हिडिरहेको पार्टी जसले राष्ट्रियता र जनजीवीकाका सवालहरुलाई सशक्त रुपमा उठाइरहेको छ । उक्त पार्टीकाविरुद्ध हुँदै नभएका कपोकल्पित समाचार सम्प्रेषण गर्नु वास्तममा पत्रकारिता हुँदैन् । भ्रमात्मक र असत्य समाचारहरु जनता र राष्ट्रका लागि घातक हुन जान्छन् । तसर्थ हाम्रो पार्टीका बारेमा बिना तथ्य, अनावश्यक, असत्य र भ्रामक समाचार सिर्जना गरी सम्प्रेषण नगर्न अपील गदर्छौ ।’