मानवअधिकारको गाडीबाट खोसेर प्रकाण्डलाई प्रहरीले पक्रियो - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

मानवअधिकारको गाडीबाट खोसेर प्रकाण्डलाई प्रहरीले पक्रियो



काठमाडौं- नेत्र विक्रम चन्द नेतृत्वका नेकपाका नेता खड्गपबहादुर बिक ‘प्रकाण्ड’लाई प्रहरीले सर्वोच्च अदालतबाट बाहिर निस्कन लाग्दा शुक्रबार साँझ पक्राउ गरेको छ।

प्रकाण्ड राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकको गाडीमा सर्वोच्च अदालतबाट बाहिरिन लागेका थिए। पाठकले प्रहरीहरुलाई ‘प्रकाण्डले आफूलाई जोखिम भएकाले उनलाई आयोगमा लगेर बयान लिन लागेको’ बताएका थिए। तर प्रहरीले उनलाई प्रकाण्डलाई लैजान दिएन।

केही बेर प्रहरी र पाठकबीच सवालजवाफ भएपछि प्रहरीले पाठकको गाडीबाट ओरालेर नियन्त्रणमा लिएको थियो। काभ्रेमा एनसेल टावरमा भएको आगजनीमा उनीविरुद्ध उजुरी परेको भन्‍दै प्रहरीले पक्राउ गरेको हो।

‘नेपालको सरकार यस्तो छ, जो सर्वोच्च अदालतको आदेश समेत मान्दैन’, प्रहरीले नियन्त्रणमा लिँदै गर्दा प्रकाण्डले उपस्थित पत्रकारहरुमाझ प्रतिक्रिया दिएका थिए।

व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतले आजै थुनामुक्त गर्न  आदेश गरेको दिएको थियो।

न्यायाधीशद्वय चोलेन्द्र शम्सेर राणा र तेजबहादुर केसीको इजलाशले यस्तो आदेश गरेको हो ।

सर्वोच्च अदालतले रिहा गर्न आदेश गरे पनि प्रकाण्ड अदालत परिसरमै थिए। प्रहरी उनलाई पक्राउ गर्न गेटमै कुरेर बसेको थियो।