प्रकाण्डले भने: मैले यसकारण चन्दा उठाएँ !
प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले (प्रकाण्ड)आफूले पार्टीको नीति अनुसार चन्दा उठाएको स्वीकार गरेका छन् ।
सरकारी वकिलसहितको बयानमा नेता विकले पार्टीको नीति बमोजिम नै चन्दा उठाएको बताएको हुन् । उनको बयानमा ‘पार्टीको नीति अनुसार दिन सक्नेहरूलाई भौतिक र आर्थिक सहयोग मागेका हौँ’, भन्ने उल्लेख गरिएको छ ।
२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई चन्दा लिएको अभियोगमा एक साताअघि पक्राउ गरेको थियो । उनले ७ करोड ५० लाख रुपैयाँभन्दा बढी चन्दा संकलन गरेका देखिएको प्रहरीको दाबी छ ।
पक्राउपछि नरेन्द्रबहादुर सिंह विकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका छन् । अदालतले रिटमा सुनुवाइ गर्दै विकलाई उपस्थित गराउन आदेश दिएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाण्डुले बिहीबार लिखित कारणसहित नेता विकलाई उपस्थित गराएको थियो । विकको रिटमा शुक्रबार बहस हुनेछ ।