काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिए - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिए



काठमाडौं – काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृहमन्त्रालयले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

आइतबार गृह मन्त्रालयले काठमाडौंमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराईलाई जिम्मेवारी दिएको हो ।

हाल काठमाडौंमा जनकराज दाहाल र भक्तपुरमा हुमकला पाण्डे कार्यरत थिए । उनीहरुको नियमित सरुवा गरेको गृहले जनाएको छ ।