अर्घाखाँची जिल्लको वाङ्गलामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अर्घाखाँची जिल्लको वाङ्गलामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न



हिमाल पोस्ट संवाददाता/अर्घाखाँची फाल्गुन ७ 

प्रजातन्त्र दिवसको अवसरमा अर्घाखाँची जिल्लको वाङ्गलामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।सन्धिखर्क नगरपालिका र सवुज गणको संयुक्त आयोजनामा भएको कार्यक्रममा करीव ४ सय जनाले स्वास्थ्य परिक्षण गरेको सन्धिखर्कनगरपालिकाका सव इन्जिनियर नारायण पोख्रेलले जानकारी दिए ।

सवै खाले रोगको परिक्षण गरिएको कार्यक्रममा स्थानीय जनताको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला न्यायायाधिश केशव प्रसाद बास्तोला, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशी, स्थानीय अगुवा रिसव अधिकारी, नेपाली काँग्रेसका नगर प्रमुख विनोद आचार्य लगायतको विशेष आतिथ्यता रहेको थियो ।