निर्मला हत्याप्रकरण : प्रमाण नष्ट गर्ने र निर्दोषलाई यातना दिने बिरुद्ध प्रहरीमा जाहेरी - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

निर्मला हत्याप्रकरण : प्रमाण नष्ट गर्ने र निर्दोषलाई यातना दिने बिरुद्ध प्रहरीमा जाहेरी



कैलाली । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दोषलाई कडा यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै आमा दुर्गादेवी पन्तले प्रहरीमा जाहेरी दिएकी छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निर्मलाकी आमा दुर्गादेवी र दिलीप विष्टका दाइ खड्ग विष्टले जाहेरी दिएका हुन । बर्खास्तीमा परेका एसपी दिल्लीराज विष्ट, प्रहरी इन्स्पेक्टर जगदीश भट्ट, डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी लगायतका प्रमाण नष्ट गर्न सहयोग गर्ने सबै प्रहरी माथि कारवाहीको माग गर्दै निर्मलाकी आमा दुर्गादेवीले जाहेरी दिएकी छन ।

जाहेरीमा दुर्गादेवीले छोरीको खोजी गर्दादेखि शव भेटिएपछि र अन्त्येष्टि गर्दासम्म प्रहरीले लापरबाही गरेको उल्लेख गरेकी छन् । साथै खड्ग विष्टले निर्दोष भाइलाई यातना दिइएको भन्दै यातना दिने विरुद्ध कारबाहीको माग गर्दै जाहेरी दिएका हुन ।