डिउटीमा रहेको प्रहरीलाई घुस दिन खोज्दा पक्राउ - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

डिउटीमा रहेको प्रहरीलाई घुस दिन खोज्दा पक्राउ



काठमाडौं । डिउटीमा रहेको प्रहरीलाई घुस दिन खोज्नेलाई नागढुंगामा पक्राउ गरिएको छ ।

प्रहरीले बुटवलबाट काठमाण्डौ आउँदै गरेको लु १ख ९४६९ नम्बरको यात्रुवाहक बसका सहचालक रुपन्देही बुटवल नगरपालिका २ घर भएको २८ वर्षीय राम बहादुर सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले डिउटीमा रहेका प्रहरीलाई चेकजाँचको क्रममा नगद रु। १५०० घुस दिन खोज्दा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।