अनौठो शैलीमा ठगीए दुई प्रहरी - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

अनौठो शैलीमा ठगीए दुई प्रहरी



काठमाडौं– सेटिङ मिलाएर युएन शान्ति मिसनमा पठाइदिने भनेर प्रहरीलाई नै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। सिनियर प्रहरी अधिकारीसँग सेटिङ मिलाएर ठगी गर्ने महोत्तरीका आनन्दकुमार मण्डललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

उनले २ जना प्रहरी जवानसँग ४ लाख रुपैयाँ असुलेका थिए। प्रकाश कुमार सिंह र मण्डलले पनि प्रहरीलाई ठगी गरेका हुन्।

मण्डलले सिंहलाई डिएसपी बनाएर भेटघाट गराएका थिए। सिंहले आफूले मिसनमा पक्का पारिदिन सक्ने भन्दै झुक्याएर ठगी गरेका हुन्। सिंह फरार रहेको र मण्डललाई ठगी मुद्दामा कारबाही अघि बढाइएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।