प्रहरी संगठनभित्र चर्चा बटुल्ने प्रवृत्ति हाबी - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

प्रहरी संगठनभित्र चर्चा बटुल्ने प्रवृत्ति हाबी



काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले आफ्नो कार्यकालमा प्रहरीको छवि उच्च बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित निवर्तमान आइजिपी प्रकाश अर्यालको बिदाइ कार्यक्रममा खनालले प्रहरी संगठनको छवि उच्च बनाउनेगरी काम गर्ने बताएका हुन्।

निवर्तमान आइजिपी अर्यालले प्रहरी संगठनमा अनुशासनहीनता बढ्दै गएको तर्फ औंल्याउँदै नवनियुक्त आइजिपी खनाललाई त्यो चिर्नुपर्ने चुनाैती रहेको बताए। उनले भने, ‘प्रहरी संगठनभित्र बास्तविक काम गर्नेभन्दा पनि चर्चा बटुल्ने प्रवृत्ति हाबी हुँदै गएको छ, त्यसलाई रोक्न आवश्यक छ।’

खनाललाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले नयाँ आइजिपीमा नियुक्ति गरेको हो।