प्रहरीसँगको दोहोरो भीडन्तमा दुई जना माओवादीको मृत्यु,दर्जनबढी प्रहरी र माओवादी घाइते - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रहरीसँगको दोहोरो भीडन्तमा दुई जना माओवादीको मृत्यु,दर्जनबढी प्रहरी र माओवादी घाइते



हजारीबाग, प्रहरीसँगको दोहोरो भीडन्तमा दुई जना माओवादीको मृत्यु भएको छ । दोहोरो झडपमा दर्जनबढी प्रहरी र माओवादी घाइते समेत भएका छन्।

भारतीय मिडियाहरुमा प्रकाशित समाचार अनुसार, नक्सलवादी प्रभावित झारखण्ड राज्यको हजारीबागमा प्रहरी र माओवादीबीच भिडन्त भएको थियो ।

प्रहरी अधिकारीहरुले २७ इन्सास राइफल र कैयन् गोली बरामद गरेको दावी गरेका छन् ।

प्रहरी र केन्द्रीय रिजर्ब पुलिस बलको संयुक्त अप्रेशनका क्रममा पदमा थाना क्षेत्रको सरैया डोनिकला क्षेत्रमा भीडन्त भएको हो ।

प्रहरीले नक्सलवादी रहेको सूचना पाएपछि सोझै इनकाउण्टर गर्ने रणनीति लिएको मिडियामा उल्लेख छ ।

इनकाउण्टरको नेतृत्व एसपी अनुप बिरथरेले गरेका थिए ।

माओवादीको बलियो प्रभाव रहेको क्षेत्रमा दुई जना माओवादी मारिनुलाई भारतीय प्रहरीले ठूलो सफलता मानेको छ । इनकाउण्टरमा सहभागी प्रहरीहरुलाई पाँच पाँच हजार र सम्मान पत्रको पुरस्कार दिने बताएकाे छ ।

नक्सलवादी रहेको सूचनाको आधारमा टीम गठन गरेर घेराबन्दी गरिएको थियो । प्रहरीले गोली चलाएपछि केही समय नक्सलवादीहरुले समेत प्रत्याक्रमण गरेका थिए ।