बिष्णु कुमार केसी बने नेपाल प्रहरीको नयाँ प्रवक्ता - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

बिष्णु कुमार केसी बने नेपाल प्रहरीको नयाँ प्रवक्ता



काठमाडौं। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक केसीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले जनाएको छ।