प्रहरी प्रशासनकाे दमनविरुद्ध कञ्चनपुरका विद्यालय बन्द - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

प्रहरी प्रशासनकाे दमनविरुद्ध कञ्चनपुरका विद्यालय बन्द



कञ्चनपुर । १३ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या प्रकरणका वास्तविक दाेषी सार्वजनिक गर्न माग गर्दै भइरहेकाे शान्तिपुर्ण अान्दाेलनमा प्रहरी प्रशानले दमन गरेकाे विराेधमा यहाँका निजी तथा अावासीय विद्यालयहरु बन्द गरिएकाे छ ।

कञ्चनपुर जिल्लाका प्याब्सन तथा एन प्याब्सनले एक विराेध-विज्ञप्ती जारी गर्दै अाज (शुक्रबार) एक दिनका लागि जिल्लाका विद्यालयहरु बन्द गराउन जानकारी गरिएकाे छ । निर्मलाकाे न्यायका लागि संघर्षरत स्वत:स्फूर्त अान्दाेलनमा एेक्यबद्धता जनाउँदै अाज सरकारीबाहेकका विद्यालयहरु बन्द गराउन अाह्वान गरिएकाे हाे ।

घटनाको तीन सातापछि प्रहरीले आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई हत्याका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । मानसिक अवस्था कमजोर भएका विष्टलाई हत्यारा भनी सार्वजनिक गरेपछि आन्दोलन झन चर्किएको हो । आन्दोलनमा स्थानीय, नागरिक समाज, नागरिक सङ्घर्ष समिति, व्यापार व्यवसायी उत्रेका छन् ।