प्रहरी पोष्ट नजिकै दिनदाहाडै लाखौंको जुवातास, प्रहरी बेखबर
रञ्जित लामा
धनगढी,कैैैलाली । प्रहरी पोष्ट नजिकै लाखौंको जुवातास हुने गरेको तथ्य हालसालै बाहिरिएको छ । प्रहरी पोष्ट नजिकै रहेको कञ्चनपुरको डोकेबजारमा लाखौंको जुवातास हुने तथ्य हालसालै बाहिरिएको हो ।
कञ्चनपुर र कैलालीको सीमावर्ती क्षेत्र डोकेबजारको एक स्थानमा नियमित जस्तै लाखौंको जुवातास हुने श्रोतको दाबी छ ।
नियमित जसो लाखौंको जुवा तास हुने जुवाको अड्डाबाट करिब पचास मिटरकै दूरीमा कञ्चनपुरको पचगडिया प्रहरी चेक पोष्ट, सशस्त्र चेक पोष्ट र त्रिनगर प्रहरी चौकी धनगढी रहेपनि जुवातासमा कुनैपनि रोकटोक नहुने श्रोतले बतायो ।
श्रोतका अनुसार डोकेबजारको एक स्थानमा कार्डपत्ति र म्यारिज नामको लाखौंको जुवातास हुने गरेको प्रत्यक्षदर्र्शीको भनाई छ । दैनिक ५० हजार देखि १ लाखसम्मको खेल हुने श्रोतको दाबी छ । सामान्यतया चाडपर्वमा जुवातासको खालहरुमा बृद्धि हुने भएपनि यस क्षेत्रमा भने बाह्रै मासे लाखौंको जुवातास हुने नाम नबताउँने शर्तमा एक महिलाले बताईन् ।
प्रहरीले जुवाडेसँग पैसा असुल्ने कुरा चाहीं थाहा छैन तर प्रहरीले पैसा नअसुल्ने भए २४ सै घण्टा प्रहरीको भिड लाग्ने ठाउँमा किन त जुवाडेलाई केही नगरेका होलान् त ? एक स्थानीयले अचम्म मान्दै भने पचगडी पोष्टको घुमुवा, जिल्लाको घुमुवा, सशस्त्रको घुमुवा र कैलालीदेखि कञ्चनपुरको प्रहरीको नजर रहने डोकेबजार क्षेत्रमा दिनदाहाडै लाखौंको जुवातास हुनु र प्रहरीले थाहा नपाउँनु, यो हुनै सक्तैन ।
दैनिकी लाखौंको जुवातास खेल्ने खेलाउनाले कयौंको घरबार बिहीन भइरहेको र समाजमा चोरी डकैती, समाजिक बिकृतिसमेत बढिरहेको स्थानीय बासीहरु बताउँछन् ।
चेक पोष्टदेखि पचास मिटर परमा लाखौंको जुवातास हुँदा पनि प्रहरीले थाहा नपाउँनु प्रहरी सुरक्षाप्रति नै अहिले प्रश्न चिन्ह खडा भएको छ । जुवातासमा मिलोमतो भएको आरोप खेप्दै आएका पचगडिया प्रहरीले यतिखेर यो आरोपलाई सत्य नजिक पु¥याउँदै गएको छ ।
अपराध अनुसन्धानमा आफ्नो दक्षता र दख्खल छोड्दै आएका नेपाल प्रहरीले आफ्नै वरपर हुने लाखौंको जुवातासको अड्डा फेला पार्न नसक्नुले प्रहरी संगठनकै मानमर्दन भएको छ ।
स्थानीयले आरोप लगाएको झै जुवातास खेल्नेसँग प्रहरीले पैसा अशुल्छ वा जुवातास नियन्त्रणमा प्रहरीको ध्यान गएन, यो कुरा स्पष्ट हुन जरुरी छ ।फाइल तस्बिर :