प्रहरी नियमावली विपरीत पुरस्कार बाँड्दै - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

प्रहरी नियमावली विपरीत पुरस्कार बाँड्दै



काठमाडौं – प्रहरी नियमावलीविपरीत प्रहरी परिसर र वृत्तले ‘अण्डर कमाण्ड’लाई उत्प्रेरित गर्ने भन्दै पुरस्कार बाँड्न थालेपछि प्रहरी प्रधान कार्यालयले नियमन गर्न थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरले विभिन्न कर्पोरेट संस्थाको सहयोगमा ५० हजार राशिसम्मको पुरस्कार वितरण गर्न थालेपछि प्रधान कार्यालयले नियमन गर्न थालेको हो ।

काठमाडौं परिसरले बंगलादेश बैंकसँग र ललितपुर पसिरले सिटिजन्स् बैकसँग सम्झौता गरी प्रहरी नियमावलीविपरीत पुरस्कार सुरुआत गर्न थालेका थिए ।

अन्तर्राष्ट्रिय प्रचलनअनुसार अण्डर कमाण्डलाई उत्प्रेरित गर्न पुरस्कार वितरण गर्न थालिएको बताए पनि प्रहरी नियमावली विपरीत भएपछि प्रधान कार्यालयले त्यसलाई नियमन गरी प्रहरी नियमावलीअन्र्तगत ल्याउन तयारी गरेको हो ।आजको नागरिकमा यो समाचार छापिएको छ ।