निर्मला हत्या प्रकरण : थप दुर्इ प्रहरी निलम्बित
कैलाली । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसनधानमा खटिएका थप दुई जना प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ । निलम्बन पर्नेमा घटनास्थल अनुसन्धान अधिकृत प्रहरी नायव निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद रहेका छन् ।
आज प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीद्बारा हस्ताक्षर प्रेस विज्ञप्तिमा घटनास्थल अनुसन्धानको क्रममा गम्भीर लापरबाही गरेको पाइएकाले प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार अनुसनधान अधिकृत धामी र मृत निर्मलाको कपडा धुने प्रहरी जवान साउदलाइ निलम्बन गरिएको उल्लेख गरिएको छ ।
यो सँगै निलम्बनमा पर्ने प्रहरी अधिकारीको संख्या ७ पुगेको छ ।